कुमारी बैंकको नाफा २१ प्रतिशतले वृद्धि, स्प्रेड दर ४.३७ प्रतिशत मात्रै

Advertisement

काठमाडौं । कुमारी बैैंकको नाफा २१.२१ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आफ्नो नाफा ६६ करोडबाट बढाएर ८० करोड पुर्याउन सफल भएको हो । बैंकले यो अवधीमा वितरण योग्य नाफा ६५ करोड रुपैयाँ आर्जन गरेको छ ।

८ अर्ब ६८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।
बैंकले २०७६ पुस मसान्त अवधीमा सर्वसाधारणबाट ८० अर्ब निक्षेप संकलन गरेर ८० अर्ब नै कर्जा लगानी गरेको छ । बैंकले एक अर्ब ८२ करोड रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको छ ।
कुमारीको सिडी रेसियो ७८.६१ प्रतिशत छ भने आधार ब्याजदर १०.४५ प्रतिशत छ । बैंकको स्प्रेड दर भने ४.३७ प्रतिशत मात्रै छ । कुमारीको कस्ट अफ फण्ड ७.५० प्रतिशत मात्रै छ । प्रति सेयर आम्दानी १६.७६ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १३०.६४ रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement