कोरोना भाइरस बढी प्रभावित क्षेत्रमा चीनले पठायो आठ हजार चिकित्सक

Advertisement

एजेन्सी । चीनको वुहान शहरबाट फैलन शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर आतंक मच्चाएको छ। चिनमा कोरोना भाइरका कारण मृत्यु हुनेको संख्या तीन सयभन्दा माथि पुगेको छ भने कैयौँ यसको संक्रमणबाट ग्रसित छन्।

विश्व स्वास्थ संगठनले भाइरसको प्रकोपका कारण विश्वभर स्वास्थ संकटकालसमेत घोषणा गरेको छ। त्यसैगरी, चीन सरकारले यतिबेला कोरोनाभाइरसविरुद्ध लड्न ६८ जनाको चिकित्सकहरुको टोली हुवेई प्रान्तमा पठाएको छ। उक्त ६८ जनाको टोलीमा आठ हजार ३१० चिकित्सक रहेको स्थानीय अधिकारीहरुले बताएका छन्।

चिकित्सकहरुको टोलीमा २९ विभिन्न प्रान्तका नगरपालिकाहरुबाट राष्ट्रिय स्वास्थ्य आयोग, टीसीएमका लागि राष्ट्रिय प्रशासन र चिनियाँ मेडिकल साइन्स चीन एकेडेमी र सेनाबाट रहेका हुवेई प्रान्तका नायव गभर्नर जिआओ जुहुआले आइतबार प्रेस सम्मेलन बताएका छन्।

जिआओका अनुसार उक्त टोलीमा श्वासप्रश्वास, संक्रमणको विषयमा अनुभवी तथा विज्ञ चिकित्सकहरु रहेको साथै उनीहरु मध्ये केही चिकित्सकहरु सार्स तथा इबोला भाइरसविरूद्ध लड्ने अनुभव समेत रहेको छ।

Advertisement

Advertisement

Advertisement