पूराना नसकी नयाँ पुलहरु सुरु नगर्ने सोचमा सडक विभाग

Advertisement

काठमाडौं । सडक विभागका महानिर्देशक केशव शर्माले केही बर्ष नयाँ पुल सुरु नगर्ने सोचमा सरकार पुगेको बताएका छन् । डिजाइनको समस्या र ठेकेदारको कारण धेरै पुलहरु अलपत्र परेकाले नयाँ पुल सुरु गर्ने भन्दा पूराना सम्पन्न गर्नेतर्फ आफूहरुको ध्यान गएको बताए ।

विभागले बनाउँदै गरेका पुलहरुमध्ये ३७ वटामा डिजाइनको समस्या र ९६ वटा ठेकेदारका कारण पुल अलपत्र परेको बताउँदै त्यसबाहेक ५१ पुल सरकारको काबुबाहिरको अवस्थामा रहेको बताए । त्यस्ता पुलहरुका लागि १३ लाख ५० हजार रुपियाँका दरले बजेट विनियोजन गरिएको पनि शर्माले जानकारी दिए ।

विभागका अनुसार अहिले दुई हजार ९१ पुल निर्माण हुँदैछन् । चारसय २५ सम्पन्न गरिसकेका छन् भने एक हजार छ सय बनाउँदै छ । दुई सय ३३ डिजाइनको चरणमा रहेका छन् । चौंसट्ठी पुलहरुको डिजाइन सम्पन्न भइसकेको छ ।

Advertisement

Advertisement

Advertisement