कृषि विकास बैंकको नाफा २३.४३ प्रतिशतले वृद्धि, यस्ता छन् आकर्षक सूचक

Advertisement

काठमाडौं । कृषि विकास बैंकले आफ्नो नाफा २३.४३ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा आफ्नो नाफा ३० करोडले बढाएर एक अर्ब ५८ करोड पुर्याउन सफल भएको हो । २०७५ पुस मसान्त अवधीमा बैंकको नाफा एक अर्ब २८ करोड रुपैयाँ मात्रै थियो ।

कृषि विकास बैंकको वितरण योग्य नाफा नै एक अर्ब १४ करोड पुर्याएको देखिन्छ । कृषि विकास बैंकले यो अवधीमा एक खर्ब २७ अर्ब निक्षेप संकलन गरेर एक खर्ब १५ अर्ब कर्जा लगानी गरेको छ ।

बैंकको सिडी रेसियो ७२.१२ प्रतिशत कायम छ । कृषि विकास बैंकले यो अवधीमा ३ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । १४ अर्ब ९८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ३.९१ प्रतिशत कायम छ भने स्प्रेड दर ५.२९ प्रतिशत छ । बैंकको आधार ब्याजदर १०.१७ प्रतिशत रहँदा कस्ट अफ फण्ड ७.२० प्रतिशत कायम छ । कृषि विकास बैंकको प्रति सेयर आम्दानी ३१.४७ प्रतिशत छ ।

Advertisement

Advertisement

Advertisement