अर्थमा सचिवहरुको लिगलिगे दौड, क-कसले मार्लान बाजी ?

Advertisement

काठमाडौं । अर्थमन्त्री घर जान्छन् की दोहोरिन्छन् ? भन्ने प्रश्न पेचिलो बनिरहेको छ । डा. खतिवडालाई विस्थापन गरेर अर्थमन्त्री बन्न केहि नेताहरुको दौड चलिरहेका बेला अर्थमन्त्रालयमा फेरी अर्काे लिगलिगे दौड सुरु भएको छ ।

अर्थ सचिव राजन खनाल आज अर्थात पुस २१ गते मंगलबारबाट अवकास लिएर घर जाँदैछन् । अर्थ र राजश्व गरि २ वटा सचिव रहेको अर्थ मन्त्रालयमा यतिबेला राजश्व सचिवका रुपमा शिशिर ढुंगाना कार्यरत छन् । सिनियर सचिवलाई अर्थको जिम्मा दिएर जुनियरलाई राजश्वमा ल्याउने गरिएको छ । त्यसरी हेर्दा अब शिशिर ढुंगानालाई अर्थ सचिव बनाउने सम्भावना रहेको श्रोत बताउँछ । ढुंगानालाई अर्थ सचिव बनाएपछि रिक्त हुने राजश्व सचिव पदका लागि मुलतः ३ जना सचिवले रेस लगाईरहेका छन् ।

राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्याललाई राजश्व सचिवको प्रमुख दावेदार मानिएको छ । तर उनी भने अर्थ सचिव पाए मात्रै जाने सोँचमा रहेको श्रोत बताउँछ । ‘लक्ष्मण अर्याललाई यस अघि नै राजश्व सचिव बनाउन खोजिएको थियो, तर उनले अर्थ सचिव नभई अर्थमन्त्रालय नजाने अडान राखेका थिए, उनले चाहेमा अहिले पनि सम्भावना छ’, अर्थमन्त्रालय श्रोतले भन्यो ।

त्यसो त बाणिज्य सचिव बैकुण्ठ अर्यालले पनि अर्थमन्त्रालय ताकेको धेरै भैसकेको छ । उनले अर्थ वा राजश्व जुन सचिव पाए पनि जान चाहेको बताइन्छ । अर्थ मन्त्रालय प्रवेशका लागि बेटिङ लिस्टमा रहेका अर्का सचिव हुन तोयम राय । हाल बागमति प्रदेशको प्रमुख सचिवका जिम्मेवारीमा रहेका रायाले राजश्व सचिवका रुपमा अर्थमन्त्रालय आउन चाहेका छन् । मोरङका राया प्रति प्रधानमन्त्री र अर्थमन्त्री दुबैको सहानुभूति रहेको बताइन्छ ।

रामशरणको दबंग इन्ट्री
अर्थमन्त्रालयकै सह सचिव रामशरण पुडासैनीले सचिवमा बढुवा भएर राजश्व सचिवमा दबंग इन्ट्री मार्ने सम्भावना समेत रहेको श्रोत बताउँछ । उनी पूर्व एमालेका भर पर्दा क्याडर हुन् । अर्थमन्त्री डा. खतिवडाले पनि उनलाई निकै विश्वास गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement