नयाँ नेपाल लघुवित्तको शेयर कारोबार रोक्का, ‘सारथीसँग मर्जर गर्ने सहमति’

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले काभ्रे धुलिखेलमा केन्द्रीय कार्यालय रहेको नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ ।

नयाँ नेपाल र सारथी लघुवित्त एक आपसमा गाभिने सहमति पत्रमा हस्ताक्षर भएको जानकारी प्राप्त भएपछि नयाँ नेपालको शेयर कारोबार मंगलबारदेखि रोक्का गरिएको नेप्से सूचीकरण शाखाका कामु सहायक प्रबन्धक सुबोध ढुंगेलले जनाएका छन् ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने(मर्जर) तथा प्राप्ति(एक्वीजिशन) सम्बन्धी विनियमावली २०७३ को बिनियम ६(१) बमोजिम नयाँ नेपालको शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement