सेन्ट्रल फाइनान्सको एजीएम फागुन १६ गते, ७ प्रतिशत नगद लाभांश पारित गर्ने

Advertisement

काठमाडौँ । सेन्ट्रल फाइनान्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा(एजीएम) फागुन १६ गते हुने भएको छ । बिहान ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा साधारण सभा गर्ने सञ्चालक समितिले निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको संंस्थाको हाल कायम चुक्तापूँजीको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि माघ २८ गते शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गर्ने निर्णय समेत सञ्चालक समितिको बैठकले गरेको छ ।

Advertisement

Advertisement

Advertisement