पोखरामा अजोड इन्स्योरेन्सले गर्यो निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम

Advertisement

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखाको आयोजनामा माघ १७, १८ र १९ गते आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।

तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पार्टफोलियोको वारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

केन्द्रीय कार्यालयका बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्भाह गर्नु पर्ने भूमिकाको वारेमा प्रकाश पारेका थिए । अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि(बाली तथा पशुपंक्षी) बीमाको वारेमा प्रकाश पारेका थिए ।

अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा ३८ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लि. का गण्डकी प्रदेशका प्रमुख गोपालप्रसाद पौडेलले गरेका थिए ।

केन्द्रीय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले प्रशिक्षण सहित सहजिकरणको कार्य गरेकी थिइन् साथै सहजिकरणको कार्यमा पोखरा शाखाका कर्मचारीहरुले पनि सहयोग गरेका थिए ।

Advertisement

Advertisement

Advertisement