जनकपुर भन्सारका सुब्बा १ लाख ५० हजार घुस रकमसहित समातिए

Advertisement

काठमाडौँ । जनकपुर भन्सार कार्यालय धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारी १ लाख ५० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

नायब सुब्बा अन्सारीले नेपाल–भारत सिमा बजारबाट घरायसी सामानहरु ल्याउन सहज गराई दिन्छु भनी सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका थियो ।

सोही उजरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अन्सारीलाई सेवाग्राहीबाट एक लाख पचास हजार घुस लिइसकेको अवस्थामा जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ पिडारी चोकबाट सोमबार नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement