माघ २४-२६ गतेसम्म ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुँदै, तयारी अन्तिम चरणमा

Advertisement

काठमाडौँ । काठमाडौँको भृकुटी मण्डपमा माघ २४–२६ गतेसम्म ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फर्नेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिको संयुक्त आयोजनामा उक्त एक्स्पो हुन लागेको हो ।

प्रदर्शनीमा संसारभरका विभिन्न देशका ३०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका २०० भन्दाबढी स्टल रहने मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

निर्माण कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुका बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ नयाँ प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले एक्स्पो गर्न लागिएको हो । प्रदर्शनीको टाइटल स्पोन्सरमा बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रालि(बाहुवली सिमेन्ट) रहने आयोजनले जनाएका छन् ।

यस प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकले विश्वास लिएको छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिक बाहेक निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर्स, कन्ट्राक्टर्स, बिल्डर्स तथा इन्टेरियर डिजाइनहरुको सहभागिता रहने जनाइएको छ ।

प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजनकले पत्रकार सम्मेलनमा बताए ।

Advertisement

Advertisement

Advertisement