ओली-नेपाल चार घण्टा वान टु वान वार्ता, के भयो सहमति ?

Advertisement

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपालबीच वान टु वान वार्ता भएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा सोमबार दुई नेताबीच करिब चार घण्टा लामो छलफल भएको हो । गोप्य राख्ने प्रयास गरिएको छलफलमा केहि सहमति भयो वा भएन भन्नेबारे भने खुलाइएको छैन् ।
केन्द्रिय कमिटीको दोश्रो पूर्ण बैठकमा माधव नेपाल, प्रचण्ड, झलनाथ खनाल, बामदेव गौतमहरु एकातिर देखिएका थिए । उनीहरुले सरकारको काम कारवाही प्रति आलोचनात्मक दृष्टिकोण राखेका थिए । त्यति मात्रै होइन, उनीहरुले आवश्यक परिमार्जनपछि मात्रै एमसीसी पास गर्नुपर्ने धारणा आफु निकटका केन्द्रिय सदस्यहरु मार्फत बैठकमा उठाउन लगाएका थिए ।

‘सोमबार ११ बजेदेखि ३ बजेसम्म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री र बरिष्ठ नेता नेपालबीच छलफल भएको हो, के के कुरा भयो भन्ने चाँही उहाँहरुलाई मात्रै थाहा छ’, नेकपाका एक केन्द्रिय सदस्यले भने । श्रोतका अनुसार माधव नेपालसँग तित्ततापूर्ण बन्दै गएको सम्बन्धलाई ओलीले सुधार गर्ने प्रयास स्वरुप सोमबारको छलफल गरेका हुन् । यस अघि कात्तिक २७ गते दुई नेताबीच यसरी नै गोप्य छलफल भएको थियो ।

Advertisement

Advertisement

Advertisement