एनबी बैंकले कमायो ८० करोड ७७ लाख नाफा, अरु सूचक कस्ता छन् ?

Advertisement

काठमाडौँ । नेपाल बङ्गलादेश बैंक(एनबी बैंक)ले चालु आव २०७६/७७ को दोस्रो त्रैमासिक (पुस मसान्त)सम्ममा ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ४४ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बुधबार बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी ४ करोड १३ लाख रुपैयाँ घटेर १ अर्ब ३५ करोड ५२ लाखमा सीमित भएको छ । बैंकको सञ्चालन मुनाफा भने ७ करोड ४५ लाख रुपैयाँ बढेर १ अर्ब १२ करोड ६२ लाख पुगेको छ ।

८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले पुस मसान्तसम्ममा ४३ करोड ८१ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको जगेडा कोषमा ३ अर्ब ६८ करोड १३ लाख रुपैयाँ सञ्चित छ भने बैंकको शेयरधनी कोषमा ८८ करोड १८ लाख रुपैयाँ रहेको देखिन्छ ।

वित्तीय विवरणमा उल्लेख भए अनुसार बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ४२ पैसा र मूल्य आम्दानी अनुपात १०.१६ गुणा कायम भएको छ । आधार दर(बेस रेट) ९.९२ प्रतिशत रहेको छ भने स्प्रेड दर ४.८० प्रतिशत रहेको बैंकद्वारा प्रकाशित विवरणमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement