नोकिया सी१ स्मार्टफोन अब नेपाली बजारमा

Advertisement

काठमाडौं । नयाँ नोकिया स्मार्टफोन सी१ नेपाली बजारमा उपलब्ध भएको छ । तीन सय ६५ दिनको रिप्लेसमेन्ट सुविधा भएको यस स्मार्टफानको बजार मूल्य ६ हजार ४ सय ९९ रुपियाँ रहेको कम्पनीले जनाएको छ।

यस फोनमा १जीबी, १६जीबीको स्टोरेज रहेको छ, जसमा माइक्रो एसडी ६४जीबीसम्मको प्रयोग गर्न सकिनेछ । नोकिया सी१ मा २५०० एमएएच रिमुभेबल ब्याट्री रहेको छ । नोकिया सी१ रकेटमा एफएम रेडियो र डुअल सीम राख्न सकिन्छ ।

यसमा एलटीई सपोर्ट नभएर ३जी सपोर्ट रहेको छ । र साथै यसले वाइफाई ४ सपोर्ट गर्दछ । यो फोनको मुख्य फोकस एन्ड्रोइड ९ गो संस्करणमा राख्न सकिन्छ । यसले डेटा प्रयोग घटाउन मद्दत गर्दछ जुनप्रविधि स्मार्टफोनकालागि राम्रो कुरा हो ।

साथै कम्पनीले नोकियाको बार फोनहरुमा पनि ३६५ दिन को ग्यारेन्टी सुबिधा दिएको छ । यी फोनहरु गुणस्तरीय, बलियो र आकर्षक देखिन्छन् ।

Advertisement

Advertisement

Advertisement