‘के घर के डेरा’ फिल्मको घोषणा

Advertisement

काठमाडौं । सुव्रतराज आचार्यले निर्देशन गर्ने ‘के घर के डेरा’ फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘कास्ट एन्ड क्रु’ सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो।

३५ वर्षअघि प्रदीप रिमाल निर्देशित फिल्म ‘के घर के डेरा’कै नामबाट अर्को फिल्म बन्ने भएको हो। दयाहाङ राई, विपिन कार्की, बर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराई लगायतको कलाकारको अभिनय रहने फिल्म राजिव श्रेष्ठ र किरण महर्जनले निर्माण गर्न लागेका हुन् । जसको कार्यकारी निर्माता ताक्पा तामाङ (सिंगे) रहेका छन् ।

शुभलाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रूपमा छन् भने ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्माता छन्। ‘हरि’ फिल्मका निर्देशक सफल केसी र प्रतीक गुरुङको पटकथा रहेको फिल्मको कन्सेप्ट निर्माता सिंगे लामाको हो। फिल्मको कथावस्तु भाडावालहरुको पीडा समेटिएको छ।

मित्र डी गुरुङको सम्पादन रहने फिल्ममा शंकर थापा ‘स्माइल’ को संगीत तथा गायन, डीपी खनाल तथा सुव्रतराज आचार्यको गीत, उदयराज पौडेलको एरेन्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ। सुब्रतको निर्देशनमा बन्न लागेको यो तेस्रो फिल्म हो । यस अगाडि उनले ‘अर्धकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए ।

Advertisement

Advertisement

Advertisement