रिलिज नहुँदै ‘सेन्टी भाइरस’को विदेश राइट्स बिक्यो एक करोड १५ लाखमा

Advertisement

काठमाडौं । कलाकार सिताराम कट्टेल, कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) अभिनित फिल्म ‘सेन्टी भाइरस’ले रिलिज नहुँदै एक करोड १५ लाख कमाएको छ। यो फिल्मलाई अमेरिकाको नेप्सिने कम्पनीले महँगोमा किनेको हो। यससम्बन्धी निर्माण कम्पनी र नेप्सिने कम्पनीबीच खरिद सम्झौता गरेको छ।

यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार एक करोड १५ लाख रूपियाँमा बिक्री भएको छ। यसबाट भएको नाफाको ५० प्रतिशत चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खर्च गरिने घोषणा गरिएको छ।

फागुन ९ गते रिलिज हुँदै छ। यसमा सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ। रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्मलाई शिवरात्रीको अवसर पारेर फागुन ९ देखि प्रदर्शनमा ल्याइने भएको छ ।

Advertisement

Advertisement

Advertisement