‘नेपाल अन्तर्राष्ट्रिय ब्यापार मेला’ चैत ६-१० गतेसम्म हुँदै, ३०० भन्दा बढी स्टल रहने

Advertisement

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा चैत ६-१० गतेसम्म ‘नेपाल अन्तर्राष्ट्रिय ब्यापार मेला २०२०’ हुने भएको छ । महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी ब्यापार मेलाबारे जानकारी दिएको हो ।

उक्त नबौं संस्करणको अन्तर्राष्ट्रिय ब्यापार मेला नेपाल सरकार÷बाणिज्य मन्त्रालयको सहयोग, ब्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको प्रबद्र्धनमा ललितपुर उद्योग बाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेण्डर इभेन्टका रुपमा हुँदै आएको पत्रकार सम्मेलनका जानकारी दिइयो ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने मेलामा चीनबाट ८० वटा, भारतबाट ४० वटा, बंगलादेशबाट ६० वटा, थाइल्याण्डबाट २० वटा तथा पाकिस्तानबाट ५ वटा स्टल बुकिङ भइसकेको आयोजनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

मेलामा ३०० भन्दा बढी स्टल मार्फत स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । मेलाको अवसरमा विभिन्न देशबाट आउने ब्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय ब्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल समेत हुने जनाइएको छ ।

यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करीब १ लाखले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

मेला अवलोकनका लागि ५० रुपियाँको टिकटको व्यवस्था गरिएको छ भने विधार्थीहरुका लागि ३० रुपियाँ र अपाङ्ग तथा जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले बताए ।

Advertisement

Advertisement

Advertisement