नेपाल फोटो प्रतियोगिताको निर्णायक चरण सम्पन्न, उत्कृष्ट १ सय ७६ फोटो छानिए

Advertisement

काठमाडौँ । फोटो पत्रकार क्लवले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिताको बुधबार काठमाडौंमा निर्णायक चरण सकिएको छ । मंगलबार प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात बिधामा ६ हजार २ सय २५ फोटो प्राप्त भएको छ ।

दुई दिनसम्म चलेको निर्णायक चरणबाट सबै विधाका विजेतासहित उत्कृष्ट १ सय ७६ फोटो छानिएको छ । छनोटमा परेका फोटोबाट सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेको चयन गरिएको छ भने सर्वोत्कृष्ट एक फोटोलाई आइएमआई–ग्लोबल–आइएमआई बैंक ‘फोटो अफ दी इयर’ घोषित गरिएको छ ।

देशभरबाट यसपालीको प्रतियोगितालाई सात सय १५ व्यवसायिक र एमेच्योर फोटोग्राफरले ६ हजार २ सय २५ फोटो पठाएका थिए । विजेताको घोषणा यही माघ २४ गते रसियन कल्चर सेन्टर, कमलादीमा एक कार्यक्रमका बीच घोषणा गरिने रहेको क्लबका कार्यक्रम संयोजक अमूल थापाले जानकारी गराए ।

एजेन्सी फ्रान्स प्रेसका साउथ एसिया प्रमुख बरिष्ठ फोटो पत्रकार जोअल सामद अध्यक्ष रहेको निर्णायक मण्डलमा बरिष्ठ फोटोग्राफर मणी लामा, बरिष्ठ फोटोपत्रकार बिकास रौनियार, किम्फका र्निर्देशक तथा बरिष्ठ प्रत्रकार रमयता लिम्बु, बरिष्ठ लेखक तथा डकुमेन्ट्री मेकर शेखर खरेल र बरिष्ठ फोटोपत्रकार प्रकास माथेमाले बिजेता सहित उत्कृष्ठ १ सय ७६ फोटोहरु छानेका थिए ।

निर्णायक चरणबाट छानिएका १ सय ७६ उत्कृष्ट फोटोहरुको प्रर्दशनी यही फागुण १८ देखी २३ गतेसम्म नेपाल कला परिषदमा एक हप्ता प्रर्दशनीमा रहने छ । काठमाडौंपछि विराटनगर, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ । ‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैया पुरस्कार पाउनेछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पाउनेछन् ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजनमा भएको नेपाल फोटो प्रतियोगितामा समावेश सात विधाअन्तर्गत अर्घाखाँची सिमेन्ट न्यूज, ‘सेलपे डेली लाईफ’, वाइल्ड लाइफ एन्ड नेचर’, ‘शिखर ईन्सुरेन्स नेपाल स्माईल, डिसहोम स्पोर्टस’ र नेपटस डट आईओ ‘फोटो स्टोरी’ गरी सात बिधा रहेको छ ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा ग्लोबल आइएमई बैंक तथा आइएमईको मुख्य प्रायोजनमा भएको यस प्रतियोगितालाई अर्घाखाची सिमेन्ट, सेल पे, शिखर ईन्सुरेन्स,नेपटस डट आईओ, डिस होम र सिटी एक्सप्रेसले बिधागत प्रायोजन गरेको छ । यसै गरी स्टार हस्पिटल, किङस् कलेज, एडभान्चर स्र्पोट्स, भायनेट, होटल रोयल सिगी, चन्द्रागिरी रिर्सोट, फोटो हलिउड, न्यूज एजेन्सी नेपालको सहयोग रहेको फोटो पत्रकार क्लबका प्रवक्ता दिपेश श्रेष्ठले बताए ।

Advertisement

Advertisement

Advertisement