लक्ष्मी बैंकका अध्यक्ष सुशील घिमिरेले गभर्नर समक्ष लिए सपथ

Advertisement

काठमाडौं । लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष सुशील घिमिरेले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

बैंकका नवनियुक्त अध्यक्ष घिमिरेसँग नेपाल सरकारको तर्फबाट विभिन्न सार्वजनिक संस्थाको सञ्चालक समितिमा रही अध्यक्षको पद सम्हालेको अनुभवसमेत रहेको छ ।

Advertisement

Advertisement

Advertisement