पार्टीको उपसभापति रहेका गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि काँग्रेसको आकस्मिक बैठक

Advertisement

काठमाडौं । पार्टीको उपसभापतिसमेत रहेका आफ्ना नेता विजय गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि नेपाली काँग्रेसले आकस्मिक बैठक डाँकेको छ । बालुवाटारको जग्गा अनियमिततामा गच्छदारसहित पौने दुई सयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै गच्छदारको साँसद पदसमेत निलम्बनमा परेको छ ।

भौतिक योजनामन्त्री रहेको बेला गच्छदार बालुवाटारको जग्गा अनियमिततामा संलग्न रहेको भन्दै अख्तियारले उनीविरुद्ध नौ करोड ६९ लाख विगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले गच्छदारबाहेक अन्य पूर्वमन्त्री, पूर्वसचिव, अख्तिारका पूर्वप्रमुखसमेत विरुद्ध मुद्दा दायर गरेको छ ।

सो पार्टीका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी बैठकमा काँग्रेसका पदाधिकारी शीर्ष नेताहरु रहेका छन् । बालुवाटार जग्गा प्रकरणमा संलग्न रहेको भन्दै चर्चामा रहेका नेकपाका महासचिव बिष्णु पौडेल, सर्वोच्चका न्यायाधीस कुमार रेग्मी, पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधव नेपालविरुद्ध भने मुद्दा दायर गरिएको छैन् ।

Advertisement

Advertisement

Advertisement