अरुण तेस्रोमा स्रोत जुट्यो, भारतीय बैंकले ८६ अर्ब र नेपालका दुई बैंकले १५ अर्ब लगानी गर्ने

Advertisement

काठमाडौ। भारतीय कम्पनी सतलज विद्युत निगमले निर्माण गरिरहेको ९०० मेगावाटको क्षमताको संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाका लागि एक खर्ब एक अर्ब ३३ करोडको लगानी जुटेको छ । उक्त आयोजनाले बिहीबार फाइनान्सियल क्लोजीङको लागी पत्रकार सम्मेलन गरी ९०० मेगावाटको यो परियोजनाका लागि नबिल, एभरेष्ट बैंक र भारतीय बैंकले सहयोग गर्ने जानकारी दिएको हो ।

अरुण तेस्रोमा नेपालका नविल बैंक र एभरेष्ट बैंकले लगानी गर्न लागेका छन् भने भारतको भारतीय स्टेट बैंक (एसबीआई), पञ्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकले ऋण लगानी गर्नेछन् । नेपालको एभरेष्ट बैंकले १० अर्ब २० करोड र नबिलले ५ अर्ब १२ करोड रुपियाँ लगानी गर्ने छन् भने भारतीय बैंकले ८६ अर्ब लगानी गर्नेछन् ।

हालसम्मकै सबैभन्दा ठूलो वैदेशिक लगानी हुन लागेको आयोजनाको कुल लागत १ खर्ब ४७ अर्बमध्ये भारतबाट मात्र १ अर्ब ३२ अर्ब लगानी हुनेछ । प्रर्वद्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले आयोजनाको निर्माण हुने सुरु गरिसकेको छ । आउँदो २०७९ असोजसम्म अर्थात सन २०२२ को सेप्टेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको निर्माण कार्य भने सुरु भैसकेको छ ।

सन् २००८ मा प्रतिष्पर्धाको आधारमा सरकारले लाइसेन्स दिएको आयोजनाको सन् २०१४ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । परियोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा निर्माण हुने छ । राजधानीमा बिहीबार औपचारिक रूपमा वित्तीय ब्यवस्था बारेमा सम्झौता हुँदैछ । लगानी बोर्डले बुधबार वित्तीय व्यवस्थाको स्वीकृति दिइसकेको छ।

भारतको एसबिआइका साथै कानरा बैंक, पञ्जाब नेशनल बैंक (पिएनबी), एक्जिम बैंक अफ इण्डिया र युनियन बैंकले ऋण लगानी गर्ने भएका छन् । यी बैंकले कुल ८५ अर्ब ९७ करोड रूपियाँ लगानी गर्ने छन् । वित्तीय ब्यवस्थापन प्रक्रियाकै चरणमा भएपनि परियोजनाको निर्माणको काम भने सुरू भइसकेको छ।

Advertisement

Advertisement

Advertisement