हलिउडका सुप्रसिद्ध कलाकार कर्क डग्लसको निधन

Advertisement

लस एन्जेलस । हलिउडको इतिहासमा फिल्म निर्माणमा स्वर्णकाल मानिएको सन् १९४० को दशकका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा बुधबार निधन भएको छ । आफ्नो समयमा निकै ख्याती कमाएका “स्पार्टाकस” र “पाथ्स् अफ ग्लोरी” जस्ता चलचित्रमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए ।

सन् १९४० को दशकको अन्त्यतिर उनले अभिनय गरेका चलचित्रहरु औधि रुचाइएका थिए । उहाँ अभिनयका अलावा फिल्म निर्माता र निर्देशकको शसक्त भूमिकामा पनि थिए । करिब छ दशकको कलायात्रामा उहाँले करिब १०० वटा चलचित्र निर्माण गरेका थिए ।

उनका छोरा एवम् ओस्कार विजयी कलाकार तथा फिल्म निर्माता माइकल डग्लसले आफ्ना पिताको निधन बेभर्ले हिल्समा आफ्नै निवासमा भएको पुष्टी गरेका थिए । उनले पिताको निधनका बारेमा फेसबुकबाट सार्वजनिक गरेका थिए । रासस/एएफपी

Advertisement

Advertisement

Advertisement