पाँच स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने सरकारको निर्णय

Advertisement

काठमाडौँ । सरकारले देशका विभिन्न पाँच स्थानका जग्गा/स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ ।

डोटीको जोरायल गाउँपालिका वडा नम्बर २, बझाङको तलकोट गाउँपालिका वडा नम्बर ६, ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ६, स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ९ र स्याङ्जाकै गल्याङ नगरपालिका वडा नम्बर १ लाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय भएको हो ।

गत सोमबारको मन्त्री परिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री गोकल बास्कोटाले विहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

Advertisement

Advertisement

Advertisement