गुणस्तरहीन उत्पादन गर्ने तीन स्टिल कम्पनी कारवाहीमा अशोक, गोयन्का र गोदावरी परे फेला

,   २३ माघ २०७६, बिहीबार, ०५:५७ pm   

काठमाडौं । गुणस्तरहिन स्टिल उत्पादन गर्ने ती वटा स्टिल उद्योग कारवाहीमा परेका छन् ।
गुणस्तर तथा नापतौल विभागले रौतहटको गोदावरी स्टिल्स प्राली, रुपन्देहीको गोयन्का स्टिल्स प्राली र बाराको अशोक स्टिल इन्डष्ट्रिज प्रालीलाई कारवाही गरेको हो ।

यी उद्योगहरुले नेपाल गुणस्तरका मापदण्ड पुरा नगरि उत्पादन गरेको र बजारमा पठाएको भन्दै कारवाही गरिएको विभागका महार्निेशक विश्वबाबु पुडासैनीले बताए ।

नेपालको गुणस्तर (प्रमाण चिन्ह) नियमावलीको नियम १६ (क)अनुसार ति उद्योगहरुलाई कारवाही गरिएको छ । विभागले गोयन्का र गोदावरी स्टिलमा न्युन गुणस्तर देखिएपछि इजाजतपत्र स्थगन गरेको छ । इजाजत पत्र स्थगनको अर्थ थप उत्पादनमा रोक लगाउनु हो ।
त्यस्तै, अशोक स्टिलले बजारमा पठाएका उत्पादनहरुमा न्युन गुणस्तर देखिएपछि सबै साइजका सम्पूर्ण उत्पादनहरु बजारबाट फिर्ता गर्न गर्न निर्देशन दिएको हो ।

aecc

gunastar