छैटौँ नेपाल बिल्डकन एक्स्पो २०२० भृकुटीमण्डपमा शुरु (फोटोफिचरसहित)

Advertisement

काठमाडौं । छैटौँ नेपाल बिल्डकन इन्टरनेश्नल एक्स्पो २०२० आयोजना आजबाट शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आज शुक्रबार ढमाघ २४)बाट मिडिया स्पेस सोलुसन्स प्रालि र फर्नेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिको संयुक्त आयोजनामा उक्त एक्स्पो बाट शुरु भएको हो ।

यस आयोजनामा उद्यमी तथा अवलोकनकर्ताहरुलाई नयाँ सामाग्री तथा प्रविधिहरु देखाउने मुख्य उद्देश्य रहेको मेडिया स्पेश सोलुसनका प्रवन्ध निर्देशक सृजल भ्टराईले जानकारी दिए । उनले उक्त एक्स्पोमा ३० हजार भिजिटर आउने अपेक्षा गरेको बताए । उनले भने, ‘यस एक्स्पोको उद्देश्य भनेको उद्यमीलाई प्रविर्धि चिनाउने तथा घर निर्माण गर्दैहुनुन्छ या घर डेकोरेट गर्न चाहानुहुन्छ भने सल्लाह सुझाव दिनु हो । यस एक्स्पोको उद्देश्य डाइरेक्ट एक्स्पोबाट बिक्री गर्ने होइन ।’



निर्माण कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुका बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ नयाँ प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले एक्स्पो गर्न लागिएको हो । प्रदर्शनीको टाइटल स्पोन्सरमा बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रालि (बाहुवली सिमेन्ट) रहेको आयोजकले जनाएका छन् ।

यो तीन दिन चल्ने एक्स्पोमा माघ २७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा स्टिल, काठलगायत सामग्रीबाट बनेका स–साना आवासीय घर, फर्निचर तथा सरसफाइका विभिन्न सामग्री राखिएका छन् । त्यस्तै, सिमेन्ट, घरमा लगाउने रङ, निर्माण सामाग्री, एलिगेटर, स्यानीटरीलगायतका सम्पूर्ण सामाग्री प्रदर्शनमा राखिएको छ । आयोजना भइएरहेको उक्त एक्स्पोमा तीन सय ब्राण्डहरुलाई प्रस्तुत गरिएको छ ।



उक्त एक्स्पोमा १९० वटा स्टलहरु रहेको छ । यस एक्स्पोले आम नागरिक तथा उद्यमीहरुलाई प्रविधि तथा समान चिनाउने सक्ने अपेक्षा राखिएको छ । यस प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकले विश्वास लिएको छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिक बाहेक निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर्स, कन्ट्राक्टर्स, बिल्डर्स तथा इन्टेरियर डिजाइनहरुको सहभागिता रहने जनाइएको छ ।











Advertisement

Advertisement

Advertisement