गच्छदारको बचाउ गर्दै काँग्रेसद्धारा संसद अपरोध

Advertisement

काठमाडौं । लामो समय सभामुख नियुक्तिका कारण सञ्चालन हुन नसकेको संसद फेरि भ्रष्टाचारको मुद्दाले अवरोध हुन थालेको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले आफ्ना नेता (विजय गच्छदार)को बचाउ गर्दै शुक्रबार पनि संसद अवरोध गर्यो ।

कांग्रेसको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर आइतबारसम्मका लागि स्थगित गरिएको छ । विशेष कारणले बैठक बस्न नसकेको भन्दै सूचना टाँसिएको छ ।

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना नेता विजय गच्छदारविरुद्ध मुद्दा दायर गरेको तर लालपुर्जा नै बोकेर बसेका सत्तारुढ दलका नेतालाई उन्मिुक्ति दिएको भन्दै काँग्रेसले संसद अवरोध गरेको हो । राजनीतिक प्रतिशोधका आधारमा आयोगले गच्छदारविरुद्ध आरोपपत्र दायर गरेको काँग्रेसको आरोप छ ।

आजको बैठकमा कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले सरकारले आफ्नालाई बोक्ने र विरोधीलाई ठोक्ने नीति लिएको भन्दै सरकारको आलोचना गरेका थिए । उनले बोलेपछि कांग्रेस सांसदहरुले उठेर अवरोध गरेका थिए । सभामुखले मुद्दा अदालतमा गइसकेकाले व्यवस्थापिका संसदको क्षेत्राधिकारमा नपर्ने भन्दै बैठक सुचारू गर्न सहयोग गर्न आग्रह गरेका थिए । तर कांग्रेस सांसदहरू उठिरहेपछि बैठक आधा घण्टाका लागि भन्दै स्थगित गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement