श्री एयरलाइन्सको पोखरामा व्यावसायिक उडान शुरु, पोखरा नवौँ गन्तव्य

Advertisement

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आजदेखि पोखरा गन्तव्यमा व्यावसायिक उडान शुरु गरेको छ । कम्पनीले हालै भित्र्याएको ८० सिट क्षमताको ‘ड्यास एट’ क्यू–४०० जहाजले पर्यटकीय क्षेत्र पोखरामा उडान शुरु गरेको हो ।

हाल नेपालमा आन्तरिक उडानमा प्रयोग भइरहेका जहाजमध्ये यो विशेष सुविधायुक्त जहाजबाट श्रीले पहिलोपटक सेवा सञ्चालन गरेको छ । छोटो दूरीको धावनमार्गमा सहज रुपले अवतरण र उडान गर्न सकिने यो जहाज क्यानेडियन कम्पनी बर्बार्डियरले उत्पादन गरेको जहाज हो । यो सिरिजका दुई जहाज भएको कम्पनीले निकट भविष्यमै उस्तै प्रकृतिका थप दुई थान जहाज ल्याउने जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा पर्यटक तथा हवाई यात्रुलाई फरक ढङ्गको सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ जहाजबाट उडान शुरु गरिएको श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । श्री एयरलाइन्सको पोखरा नवौँ गन्तव्य हो । यहाँ दुई ठूला प्रतिस्पर्धी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले उडान भर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement