व्यवस्थापन संघमा नयाँ नेतृत्व, कस्ले पाउला अध्यक्षको कमाण्ड ?

Advertisement

काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)मा नयान् नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न ३९ औं साधारण सभाबाट आगामी कार्य समितिका लागि नयाँ सदस्यहरु चयन भएका हुन् ।

म्यानको कार्य समितिमा बाणिज्य बैंकका सिइओ किरण कुमार श्रेष्ठ, धर्मानन्ध अधिकारी, अनु जोशी, सुमन पोखरेल, हेमा अधिकारी, इन्द्रकुमार श्रेष्ठ, मनिष झा, आशा राणा अधिकारी, सुजन आचार्य, मिलन श्रेष्ठ, मोहन ओझा निर्वाचित भएका छन् । म्यानमा व्यक्तिगत समूहबाट ११ जना निर्वाचित हुने व्यवस्था छ ।


सस्थागत तर्फ भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र, राष्ट्रिय वाणिज्य बैंकका कविराज अधिकारी, कर्मचारी संचय कोषका तुलसीराम गौतम, नागरिक लगानी कोषका रमण नेपाल, राष्ट्रिय बीमा संस्थानका कवि पाठक र शिवम सिमेन्ट निर्वाचित भएका छन् ।

अध्यक्षसहितका पदाधिकारी भने सोमबार बस्ने कार्यसमिति बैठकले चयन गर्नेछ । अध्यक्षका लागि किरण कुमार श्रेष्ठ र बम बहादुर मिश्रले इच्छा देखाएका छन् ।

Advertisement

Advertisement

Advertisement