पाम आयल निर्यातको अवरोध हट्यो, आइतबारबाटै भारत निकासी

Advertisement

काठमाडौं । पाम आयलको निर्यातमा देखिएको अवरोध हटेको छ । उद्योग बाणिज्य तथा अपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले सरकारको अथक प्रयासपछि पाम आयलको निर्यातमा देखिएको अवरोध हटेको बताए ।

भारत सरकारले पुस २३ गतेदेखि पाम आयलको आयातमा रोक लगाएको थियो । एक महिनाको अथक प्रयासपछि पाम आयालको निर्यात खुलाउन सफल भएको पनि राज्यमन्त्री दुगडले बताए ।

‘मन्त्रीज्यू, म र सचिवले नै पाम आयलको निर्यात खुलाउन निकै मेहनत गरिरहेका थियौं, शुक्रबारको वार्ताले अवरोध हटेको छ’, बिराटनगरमा रहेका उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री दुगडले कर्पाेरेट नेपालसँग भने । बाणिज्य सचिव बैकुण्ठ अर्याल नेतृत्वको टोलीले अवरोध हटाउन निर्णायक र औपचारिक वार्ता गरेको थियो ।

आइतबारबाटै नेपालबाट पाम आयल भारतमा निर्यात गर्न सकिने उनले बताए । भारतमा पाम आयल आयातका लागि एउटा बिहारका कम्पनीलाई भारत सरकारले अनुमति समेत दिईसकेको पनि उनले जानकारी दिए ।

चालु आर्थिक वर्षको ६ महिनामा भारत तर्फ ११ अर्ब ५२ करोड मूल्य बराबरको पाम आयल निर्यात भएको थियो ।

Advertisement

Advertisement

Advertisement