सिभिल बैंकको नयाँ शाखा काठमाडौंको भीमसेनस्थानमा

Advertisement

काठमाडौं । सिभिल बैंकले काठमाडौं महानगरपालिका–२० भीमसेनस्थानमा शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शुक्रवार उक्त शाखाको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले शाखाबाट भीमसेनस्थान क्षेत्रका बचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयले उच्चस्तरीय बैंकिङ सेवा तथा सुविधा प्राप्त गर्ने बताए । बैंकका अध्यक्ष इच्छाराज तामाङले बैंकलाई समाजको आवश्यकताअनुसार सञ्चालन गर्ने नीति लिएको बताए । सोही नीतिबमोजिम बैंकले रन्जना लिपि भएको परिचयपाटी सहितको शाखा सञ्चालनमा ल्याएको जानकारी उनले दिए ।

उक्त अवसरमा अध्यक्ष तामाङले परोपकार आदर्श मावि कक्षा ९ मा अध्ययनरत सुनी राईलाई बैंकको सीएसआर कार्यक्रमअन्तर्गत मासिक रू। ३ हजारका दरले १ वर्षको रू। ३६ हजार आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

Advertisement

Advertisement

Advertisement