राष्ट्रिय आयोजना बैंकको शुभारम्भ, अब खल्तिका योजनालाई ‘नो इन्ट्री’

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय आयोजना बैंकको शुभारम्भ गरेका छन् । राष्ट्रिय योजना आयोगको सभाकक्षमा प्रधानमन्त्री ओलीले उक्त राष्ट्रिय आयोजना बैंक सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन् ।

यसैबीच, राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकका अवसरमा आयोजना शभारम्भ भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले भने–‘अब खल्तिका योजनालाई नो इन्ट्री ।’

प्रधानमन्त्री ओलीले उक्त बैठकलाई सम्बोधन गर्दै अब शक्तिका आडमा नेताका खल्तिका योजनाले बजेट नपाउने उद्घोष गरे । उनले भने–‘आयोजना बैंकमा नपरी बजेट पाइदैन ।’

प्रधानमन्त्री ओलीले आयोजनाको पूर्व तयारीका लागि छुट्टै बास्केट फण्ड बनाइने बनाइने र सोही फण्डको प्रयोगबाट आयोजनाको पूर्व तयारी गरिने पनि बताए ।

Advertisement

Advertisement

Advertisement