दुई वर्षभित्र क्षति भएका सम्पदा पुनःनिर्माण हुने, खर्च ९ अर्ब १८ करोड

Advertisement

काठमाडौँ । विस २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पका कारण क्षति भएका सम्पदा आगामी दुई वर्षभित्रमा पुनःनिर्माण सम्पन्न हुने पुरातत्व विभागले जनाएको छ ।

विभागका निमित्त महानिर्देशक दामोदर गौतमका अनुसार भूकम्पबाट क्षति भएका ९२० वटा सम्पदामध्ये हालसम्म ४०० सम्पदाको पुनःनिर्माण सम्पन्न भएका छन् । बाँकी ५२० सम्पदा आगामी दुई वर्षभित्र सम्पन्न गर्ने तयारी गरी पुनःनिर्माण गरिएको उनले बताए ।

उनका अनुसार चालू आर्थिक वर्ष २०७६÷७७ मा १५० सम्पदाको संरक्षण तथा पुनःनिर्माण गर्ने लक्ष्य रहेको छ । चालू आर्थिक वर्षमा ६० प्रतिशत पुनःनिर्माण सम्पन्न गर्ने र बाँकी ४० प्रतिशत आगामी दुई वर्षभित्रमा पुनःनिर्माण सम्पन्न गरिनेछ ।

नौ सय २० वटा सम्पदामध्ये पुरातत्व विभागले ७३७ वटा सम्पदा र स्थानीय निकायलगायत अन्य सङ्घ संस्थाबाट १८३ वटा सम्पदा पुनःनिर्माण हुनेछ । चालू आर्थिक वर्षमा स्वीकृत भएका ३८९ सम्पदामध्ये १५० सम्पदा यसै वर्षमा सम्पन्न हुनेछन् ।

तीन सय ८९ सम्पदामध्ये १५३ वटा सम्पदाको पुनःनिर्माण राष्ट्रिय पुनःर्निमाण प्राधिकरण, २९ सम्पदा भारतीय अनुदानमा, २०५ सम्पदा भारतीय एक्जिम बैंकको सहयोगमा र दुई सम्पदा जापान सरकारको सहयोगमा पुनःनिर्माण हुनेछ ।

९ अर्ब १८ करोड खर्च
पुरातत्व विभागअन्तर्गत पुनःनिर्माण हुने ७३७ सम्पदा पुनःनिर्माणका लागि रु नौ अर्ब १८ करोड ८७ लाख ७१ हजार आवश्यक पर्नेछ । सो मध्ये हालसम्म रु दुई अर्ब ३९ करोड ८१ लाख ४६ हजार खर्च भएको निमित्त महानिर्देशक गौतमले जानकारी दिए ।

उनका अनुसार बाँकी सम्पदा पुनःनिर्माणका लागि आर्थिक वर्ष २०७७÷७८ मा रु एक अर्ब ८१ करोड दुई लाख ८० हजार र २०७८÷७९ मा रु एक अर्ब ८१ करोड दुई लाख ८० हजार गरी रु तीन अर्ब ६२ करोड पाँच लाख ६० हजार बजेट आवश्यक पर्नेछ ।

भूकम्पबाट क्षति पुगेका सम्पदा पुनःनिर्माणमाका लागि पशुपति क्षेत्र विकास कोष, भारतीय अनुदान, एशियाली विकास बैंक (एडिबी), चीन सरकार, जापान सरकार, श्रीलङ्का सरकार, युनेस्को र केभीपिटीको सहयोग रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा पशुपति क्षेत्र विकास कोषले ६२ सम्पदामध्ये हालसम्म ३५ वटा सम्पदा पुनःनिर्माण सम्पन्न गरेको छ ।

काठमाडौँ उपत्यकाभित्रका सात वटा विश्व सम्पदा क्षेत्रमा क्षति भएका १७० वटा सम्पदामध्येमा हालसम्म १०० सम्पदा पुनःनिर्माण सम्पन्न भएका छन् । त्यस्तै चालू आर्थिक वर्षमा ५४ वटा सम्पदा पुनःनिर्माण सम्पन्न हुनेछ भने १५ वटा सम्पदाको पुनःनिर्माण शुरु नै भएको छैन ।

उपत्यकाकाभित्रका तीन जिल्ला ९काठमाडौंँ, ललितपुर र भक्तपुर जिल्ला० मा क्षति भएका ५४० वटा सम्पदामध्ये हालसम्म १६९ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । त्यस्तै चालू आर्थिक वर्षमा २५३ वटा सम्पदा निर्माण हुनेछ भने १२३ वटा सम्पदाको पुनःनिर्माण नै शुरु भएको छैन ।

विभागका अनुसार देशभरिका ७७ जिल्लामा पुरातात्विक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको कूल सङ्ख्या पाँच हजार रहेको छ । तीमध्ये पुरातात्विक स्थलको सङ्ख्या ४७० वटा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement