‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ अफर, हप्तामा २ जनाले एक लाखसम्म नगद जित्न सक्ने

Advertisement

काठमाडौं । डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक अफर ल्याएको छ । उक्त अफरअनुसार डिशहोमका डिलरहरुमार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरेबापत एड–वन प्याकेजसहित विक्ली लक्की ड्रमा भाग लिन सक्नेछन् र हप्तामा २ जना भाग्यशाली ग्राहकले प्रतिव्यक्ति एक लाख नगद उपहार जित्नेछन् । विक्ली लक्की ड्र कार्यक्रम माघ २७ गतेबाट वार्षिक रिचार्ज गर्ने ग्राहकका लागि मात्र लागु हुनेछ ।

कार्यक्रम फागुन २ गतेबाट डिशहोमको सोकेस च्यानल नं. १०० मा प्रत्येक शुक्रबार बेलुका ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ । प्रत्येक हप्ताको शुक्रबारदेखि बिहीबार सम्म वार्षिक रिचार्ज गर्ने ग्राहकलाई आउने शुक्रबारको लक्की ड्र मा समावेश गरिनेछ ।

फण्ड ट्रान्सफरबाटबाट वार्षिक रिचार्ज गर्नुहुने ग्राहकलाई मात्र विक्ली लक्की ड्रमा समावेश गरिने र समावेश भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको क्यास आइडीकोको आधारमा विजेताको नाम घोषणा गरिने छ ।

विजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । नेपाल भरि रहेका जुन सुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुल फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यस योजनामा सहभागिता जनाउन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement