चीनको वुहानबाट फागुन ३ गते नेपाल एयरलाइन्सको जहाजले नेपाली विद्यार्थी उद्धार गर्ने

Advertisement

काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानमा रहेका नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज जाने भएको छ। झन्डै १ सय ८० को हाराहारीमा रहेका नेपाली लिन वाइडबडी लैजाने विषयमा छलफल भई जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।

वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् । उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् । विद्यार्थीका परिवारले आइतबार मात्रै मानवअधिकार आयोगसँग आफ्ना परिवारका सदस्यलाई नेपाल फिर्ता गर्न सहयोगका लागि आग्रह गरेको थिए।

उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए । सरकारले पनि कोरोना भाइरसको उद्गमस्थल वुहानमा रहेका नेपाली विद्यार्थी नेपाल ल्याउने भन्दै तयारी थालेको एक साताभन्दा बढी भइसेकेको छ।

Advertisement

Advertisement

Advertisement