ओस्कार अवार्ड २०२०: ब्राड पिट र लाउराले जिते, ‘प्यारासाइट’ बन्यो उत्कृष्ट सिनेमा

Advertisement

काठमाडौं । चलचित्र क्षेत्रको प्रतिष्ठित ओस्कार अवार्डअन्तर्गत उत्कृष्ट सह–अभिनेता र सह–अभिनेत्रीको अवार्ड ब्राड पिट र लाउरा डेनले जितेका छन् । ओस्कार अवार्ड वितरणको ९२ औं संस्करणअन्तर्गत आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै पिट र डेनले अवार्ड जितेका हुन् ।

सोमबार बिहान अमेरिकामा भएको ओस्कार अवार्ड समारोहको सुरुवात सर्वोत्कृष्ट सहअभिनेताको अवार्डबाट भएको हो । ब्राड पिटले मनोनयनमा परेका अरुलाई उछिनेर अवार्ड जिते ।

laura-den

‘वन्स अपअन अ टाइम इन हलिउड’ फिल्मको अभिनयलाई लिएर पिटलाई उत्कृष्ट सहअभिनेताको उपाधि दिइएको हो । बीबीसीका अनुसार, पिटसँगै टम हृयांक्स, सर एनथोनी हपकिन्स, अल प्याकिनोललगायत पनि नोमिनेसनमा परेका थिए ।

त्यस्तै, सह(अभिनेत्रीको नोमिनेसनमा अमेरिकन कलाकार क्याथी बेट्स, स्कारलेट जोनसन, फ्लोरेन्स पग र मारगट रोवी परेका थिए । तर म्यारिज स्टोरीको भूमिकालाई लिएर नोमिनेसमा परेकी डेनको पोल्टामा उपाधि परेको छ ।

ब्राड पिट बेस्ट एडप्टेड स्क्रिनप्ले विधाको नोमिनेसनमा परेका ५ मध्ये जोजो रविट उत्कृष्ट घोषित भएका छन् । बेस्ट वरिजिनल स्कृनप्लेको अवार्ड भने वोन जोन हो र हान जिन वनले संयुक्त रूपमा जितेका छन् । साउथ कोरियन कमेडी फिल्म प्यारासाइटमा हो र वनद्वयले निभाएको भूमिकाका लागि यो अवार्ड प्रदान गरिएको हो ।

Brad-pit

त्यस्तै बेस्ट एनिमेटेड फिचर विधाको अवार्ड टोय स्टोरी ४, बेस्ट डकुमेन्टरी फिचर अमेरिकन फ्याक्ट्रीले जितेको छ । लस एन्जलसमा जारी समारोहबाट विभिन्न विधाको अवार्ड घोषणा भइरहेको छ । केहीको अवार्ड छिनोफानो लागे पनि उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड घोषणा हुन भने बाँकी छ ।

उत्कृष्ट अभिनेतातर्फको नोमिनेसनमा एन्टेनो ब्यान्डेरस, लिओनार्दो डिक्यापरियो, आदम ड्रिभर र जोनाथन प्राइस समेटिएका छन् । यिनैमध्येबाट एक उत्कृष्ट छानिने छन् । अभिनेत्रीतर्फ पनि ५ नोमिनेसनमा परेका छन् ।

'प्यारासाइ’ले ओस्कारमा यसमा बनेको उत्कृष्ट अवार्ड हात पारेको छ । योसँगै उत्कृष्ट निर्देशक, ओर्जिनल स्क्रिनप्ले र विदेशी भाषातर्फको ओस्कार पनि हात पारेको छ। अवार्ड जितेसँगै ‘प्यारासाइट’ ओस्कारको मुख्य अवार्ड जित्ने पहिलो विदेशी भाषाको सिनेमा बनेको छ।

ओस्कारको ९२ संस्करणको इतिहासमा कुनै पनि विदेशी भाषाको सिनेमाले उत्कृष्ट सिनेमाको ओस्कार जितेको छैन। ओस्कारमा ‘जोकर’ उत्कृष्ट सिनेमा, निर्देशन तथा अभिनेतासहित ११ विधामा मनोनयनमा परेको थियो।

Advertisement

Advertisement

Advertisement