नेपाल टेलिकमले गल्याङमा बाँड्यो साढे दुई हजार सिम

Advertisement

काठमाडौँ । नेपाल टेलिकम, दूर सञ्चार कार्यालय गल्याङले दुई हजार पाँच सय निःशुल्क सिम वितरण गरेको छ ।

गल्याङ चेम्बर अफ कमर्शले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा उक्त सिम वितरण गरिएको हो । सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गरिएको उक्त सिममा रु.५० टक भ्यालु समेत रहेको छ ।

चौथो पुस्तामा आधारित फोरजी प्रविधिमार्पmत उच्च गतिको इन्टरनेट सेवामा सर्वसाधारणको अत्याधिक रुचि देखिएकाले यति धेरै संख्यामा निःशुल्क सिम वितरण गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायले बताए ।

उनका अनुसार फोरजी प्रविधि मार्फत उच्च गतिको इन्टरनेट प्राप्त हुने हुँदा उच्च गुणस्तरीय श्रव्य दृश्य सामग्रीहरु हेर्न तथा सुन्न सकिने भएकाले आम उपभोक्ताको रोजाई बढ्दै गएको हो ।

नेपाल टेलिकमले देशको ७७ वटै जिल्लामा फोरजी सेवाको पहुँच विस्तार गरिसकेको छ भने फोरजी नेटवर्क विस्तार गर्नेमा पहिलो र सबैभन्दा ठूलो सेवा प्रदायक पनि हो ।

Advertisement

Advertisement

Advertisement