जेनबुक प्रो डुओ र जेनबुक डुओका साथमा ‘भविश्यको ल्यापटप’ नेपालमा सार्वजनिक

Advertisement

काठमाडौं । असुसले आफ्नो बहु प्रतिक्षित ल्यापटप श्रेणीहरु जेनबुक प्रो डुओ (यूएक्स५८१) र जेनबुक डुओ (यूएक्स४८१) नेपाली बजारमा लन्च गरेको छ ।

दि फ्यूचर अफ कम्युटिङ्गको रुपमा दुबै ल्यापटपहरुमा स्टनिंग नयाँ डिजाइन, किबोर्डका साथमा दोस्रो टचस्क्रिन रहेको छ । नेपालमा बढ्दो डिजिटल प्रयोगकर्ताहरु, श्रृजनात्मक माभेरिक्स, कन्टेन्ट निर्माताहरु, सम्पादकहरु, गेमरहरु, र मल्टिटास्किंग व्यवसयाीहरुको पूर्णताका साथ शिल्प गरिएको असुसको पछिल्लो जेनबुक श्रृंखलाले प्रयोगकर्ताहरुलाई उत्पादकत्व उजागर गर्न र अधिक क्षमताहरु हासिल गर्न अनुमति प्रदान गर्दछ ।

यसका अतिरिक्त डुअल स्क्रीन ल्यापटपहरुका साथमा असुसले अन्य नक्षत्रिय विशेषताहरु पनि ल्याउँछ । यसमा नयाँ स्क्रीनप्याड २.० को लन्च पनि समावेश छ, जेनबुक १४/१५(यूएक्स४३४/ यूएक्स५३४ ) सहित ब्राण्डको ख्यातिसहित भविश्यको लागि विश्वकै उत्कृष्ट कम्प्याक्ट ल्यापटप सिरिजहरु उपलब्ध छन् ।

कसैको सम्पूर्ण सिर्जनात्मक शक्तिलाई उपयोग गर्नु त्यति सजिलो छैन्, जेनबुक प्रो डुओ र जेनबुक डुओले ल्यापटपहरुका लागि बनाउनुपर्ने नयाँ कारणहरु प्रस्तुत गरेको छ । यी दुबै ल्यापटपहरु इनपुटका लागि कीबोर्ड र सेकेण्डरी टचस्क्रीनसहित रहेका छन, ल्यापटपहरुले सिर्जनात्मकता र उत्पादकत्वलाई नयाँ उचाईमा पुर्याउने छन् ।

कार्यक्षमतालाई उत्कृष्ट बनाउन जेनबुक प्रो डुओमा फुल वाइड ४के आसुस स्क्रीनप्याड प्लस रहेको छ जसले बिनाकुनै अवरोध सहजरुपमा मुख्य फोरके यूएचडी ओएलईडी डिस्प्लेका साथ कार्य गर्दछ । त्यसैगरी जेनबुक डुओमा भने फुल लेन्थको १९२० पिक्सेल असुस स्क्रीनप्याड प्लस राखिएको छ जसले मुख्य १०८०पिक्सेल फूलएचडी एलसिडी डिस्प्लेसँग बिनाकुनै अवरोध कार्य गर्दछ ।

जेनबुक प्रो डुओमा असुस स्क्रीनप्याड प्लसको कार्यशैलीलाई उच्चतम र पर्सनलाइज गर्नका लागि फुल वाइड ४के आसुस स्क्रीनप्याड प्लस रहेको छ जसले बिनाकुनै अवरोध सहजरुपमा मुख्य फोरके यूएचडी ओएलईडी एचडीआर टचस्क्रीन साथ कार्य गर्दछ । जेनबुक डुओ फुल लेन्थको १९२० पिक्सेल असुस स्क्रीनप्याड प्लस का साथमा आउँछ, जसले मुख्य १०८०पिक्सेल फूलएचडी एलसिडी डिस्प्लेसँग बिनाकुनै अवरोध कार्य गर्दछ ।

यसमा भएको बिल्ट इन एप्सले तपाईको उत्पादकत्वलाई प्रोत्साहन गर्दछ ।क्वीक कीले जटिल कीबोर्ड सिक्वेन्सहरुलाई एकै ट्यापमा सहज बनाउँछ, र हेन्डराईटिंगले तपाईँलाई टेक्स्टमा रुपान्तरण गर्न सहयोग गर्दछ । यहाँ एप स्वीचर, भ्यूम्याक्स र टास्क स्वाप जस्ता अन्य केहि उपयोगी क्वीक कन्ट्रोलहरु पनि छन्, जसले तपाईँको असुस जेनबुक प्रो डुओ र जेनबुक डुओको मुख्य स्क्रीन र स्क्रीनप्याड प्लसको बीचमा अन्यरक्रिया गर्न सहयोग गर्दछ ।

जेनबुक प्रो डुओले पछिल्लो थण्डरबोल्ट ३ यूएसबी टाइप सी पोर्टका साथमा डोङ्गलफ्री कनेक्टिभिटी उपलब्ध गराउँछ । गीग प्लसका साथमा पछिल्लो इन्टेल वाईफाई ६ले वायरलेस स्पीडलाई नयाँ उचाईमा पुर्याउँछ । जेनबुक डुओ कनेक्टिभिटीको मामलामा कुनै सम्झौतागर्न चाहँदैन्, त्यसैले गसमा दुईवटा यूएसबी ३.१ जेनेरेशन २ वटा यूएसबी टाइप सी पोर्टहरु छ्न । जसले ४के डिप्लेलाई १० जीबीपिएससम्मको डाटा ट्रान्सफर स्पीड उपलब्ध गराउँछ ।

जेनबुक प्रो डुओ (यूएक्स५८१) को ३ लाख ६५ हजार, जेनबुक डुओ (यूएक्स४८१) को २ लाख ५ हजार, जेनबुक १५ (यूएक्स५३४) को १ लाख २४ हजार ९९० र जेनबुक १४ (यूएक्स४३४) को सुरुवाती मूल्य १ लाख १५ हजार निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement