सेयर बजारमा ४.२८ अंकको सामान्य सुधार, कारोबार रकम पनि घट्यो

Advertisement

नेप्से काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से चार दशमलब २८ अंकले बढेर एक हजार ३२४ दशमलब २६ बिन्दु कायम भयो भने कारोबार रकम ९३ करोड २० लाख रुपियाँ बराबरको भयो ।

आज धेरै कारोबार गर्नेमा शिवम् सिमेन्स रहेको छ । जसको कारोबार १३ करोड ६६ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट रहेको छ । जसको कारोबार चार करोड २७ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज व्यापार मूलक समूह, निर्जीवन बीमा समूह, उत्पादन मूलक समूह र माइक्रोफाइनान्स समूहको सूचकमा एक प्रचिशतभन्दा धेरैको मात्रै सुत्रार आएको छ । त्यस्तै, हाइड्रोवर, फाइनान्स, जीवन बीमा र म्युचल फण्ड समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । बाँकी सबै समूहका सूचकहरु शून्य प्रतिशतभन्दा धेरैको सुधारले हरिया देखिएका छन् ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा सिभिल लघुवित्त बित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । संस्था आठ दशमलव १० प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा एभरेष्ट बैंकका लगानीकर्ता रहेका छन् । बैंक सात दशमलब ३६ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement