बिजुलीबजारको ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल अन्तिम चरणमा

Advertisement

काठमाडौं । नेपालमा पहिलो पटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको बिजुलीबजार पुलमा अन्तिम तयारीको काम अघि चलिरहेको छ । पुल निर्माण सकिएसँगै त्यससँग जोडिएका थप काम सडक कालोपत्र गर्ने, पुलमा रङ्गरोगन र बत्ती जडानको काम गरिनेछ ।

निर्माण व्यवसायीले केही समयमै रङ्गरोगन र सडक कालोपत्र गर्ने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । सडकमा राखिने बत्ती डिजाइनमा उल्लेख भएभन्दा फरक राख्नका लागि छलफल भइरहेको छ । उनले भने, ‘अन्तिम काम सकिएपछि अबको केही समयमै पुल सञ्चालनमा आउनेछ ।’

एउटै ठेक्का मार्फत मुख्य लेनको दायाँबायाँ पुल निर्माण भइरहेकामा अघिल्लो वर्ष नै सम्पन्न भएर एउटा सञ्चालनमा आएको छ । एउटै समयमा र उस्तै डिजाइनमा निर्माण गर्ने भनिएको तीनकुनेस्थित वाग्मती पुलको काम भने अघि बढेको छैन ।

बिजुलीबजार पुल निर्माणका लागि विसं २०७१ पुसमा जेई कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मेवारी लिएको थियो । तीन वर्षमा सक्ने गरी पहिलोपटक ठेक्का सम्झौता भएको थियो । तोकिएको अवधिमा सम्पन्न नभए पनि पुल निर्माणमा सोही ठेकेदारलाई म्याद थप गर्दा काम सम्पन्न हुने भन्दै आयोजनाको सिफारिसमा सरकारले पुसम्मका लागि एक वर्ष अवधि थपेको हो । सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ ।

Advertisement

Advertisement

Advertisement