प्राइम लाइफ र एभरेष्टले संयुक्तरुपमा सुरु गरे घुम्ती बीमा कार्यक्रम

Advertisement

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले संयुक्तरुपमा घुम्ती बीमा सेवा संचालन गरेका छन् । बीमा समितिले जारी गरेको शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन–२०७६ को व्यवस्थाअनुसार ग्राहकहरुलाई घरदैलोमा नै बीमा सेवा प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेको जनाइएको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बर्दियाको ठाकुरद्घारामा आयोजित कार्यक्रममा घुम्ती बीमा सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा अध्यक्ष चापागाइँले बीमालाई आम जनतामाझ सरलरुपमा जानकारी गराई बीमा सेवा उपलब्धगराउन यसप्रकारका कार्यक्रमले सहयोग पुग्ने बताए ।

कार्यक्रममा एभरेष्ट इन्स्योरेन्सका कार्यकारी अधिकृत कमल गौतम र प्राइम लाइफ इन्स्योरेन्सका कार्यकारी अधिकृत मनोज भट्टराईले जीवन बीमाबारे बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement