वाइडबडीको नारिता उडान फागुन १९ देखि मात्रै

Advertisement

काठमाडौं र नेपाल वायुसेवा निगमले जापानको नारिता उडानको मिति पर धकेल्दै आउँदो फागुन १९ गतेदेखि मात्रै सुरु गर्ने जनाएको छ । एयरबस वाइडबडी जहाज खरिदकै क्रममा बनाइएका व्यवसाययिक योजनामा नारिता उडान गर्ने भनिए पनि निगमको कार्यकारी अध्यक्ष भएर आएका मदन खरेलले ओशाका उडान सञ्चालन गरेका थिए । निगमले यसअघि गत मार्च पहिलो साताबाटै नारिता उडान सुरु गर्ने जनाएको थियो ।

ओशाका उडानमा करोडौं घाटासँगै असफल भएपछि नारिता उडान नै सुरु गर्न लागेको निगमले हप्तामा तीन दिन सोमबार, बुधबार र शुक्रवार उक्त गन्तव्यमा सिधा उडान भर्नेछ । बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने सो विमान सोही दिन अपरान्ह ६ बजेर २५ मिनेटमा नारिता अवतरण गर्नेछ ।

हालका लागि प्रवद्र्धनात्मक भाडा दर काठमाडौंबाट नारिताका लागि एकतर्फी रु. ३७ हजार र दुई तर्फी भाडा रु.७३ हजार निर्धारण गरिएको छ । यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५–२५ केजीका २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३–२३ केजीका २ वटा व्यागेजको सुविधा पाउने छन् ।
नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुने र सिधा उडानले गर्दा ट्रान्जिटको झन्झट समेत समाप्त हुने निगमको भनाई छ । टोकियोमा अधिकांश नेपालीहरुको बसोबास रहेको छ ।

Advertisement

Advertisement

Advertisement