सञ्चय कोष र लगानी नागरिक कोषले ब्रोकर लाइसेन्स पाउने

Advertisement

काठमाडौं । अब कर्मचारी सञ्चय कोष र नागरिक लागनी कोषलाई ब्रोकर लाइसेन्स दिने बाटो खुल्ला भएको छ । धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ लाई संसोधन गर्दै यी दुबै संस्थालाई ब्रोकर लाइसेन्स लिने बाटो खुल्ला गरिदिएको हो ।

बोर्डका अनुसार प्रचलित कानून बमोजिम स्थापना भएका क वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य सक्ने छन् । बिशेष ऐनद्धारा स्थापित संस्थाहरु भन्नाले कर्मचारी सञ्चय कोष र लगानी कोष पर्दछन् ।

हाल बाणिज्य बैंकहरुका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया संसदीय समितिले रोकिएको छ । बाणिज्य बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया विवादमा परेपछि बोर्डले नयाँ बाटो रोजेको हो ।

Advertisement

Advertisement

Advertisement