एनआईसी एशियाका ग्राहकलाई ‘भ्यालेन्टाइन डे’मा सोल्टीमा निःशुल्क डिनर अफर

Advertisement

काठमाडौँ । एनआईसी बैंकले भ्यालेन्टाइन डे लक्षित गरी बैंकको मोबाइल बैंकिङ्ग एप ‘मो बैंक’ मार्फत कारोबार गर्ने ग्राहकहरुलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ ।

जसअन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गतेसम्म बैंकको मोबाईल बैंकिङ्ग एप ‘मो बैंक’ कारोबार गर्ने २० भाग्यमानी ग्राहकहरुले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउने छन् ।

बैंकको मोबाईल बैंकिङ्ग एप मो बैंक मार्फत कुनैपनि भुक्तानी जस्तै क्यूआर पेमेन्ट, बिजुली बिल भुत्तानी, मोबाइल टप अप लगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ । तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता नदिने जनाएको छ । यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्नुहुने ग्राहक महानुभावहरुलाई फोनमार्फत जानकारी दिनेछ ।

डिनर जित्ने ग्राहकले आफ्नो कुपनसहित भ्यालेन्टाइन डे को दिन अर्थात फेब्रुअरी १४ मा सोल्टी क्राउन प्लाजा होटलमा भब्य डिनर गर्न पाउने छन् ।

Advertisement

Advertisement

Advertisement