स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा एक अर्ब २२ करोड

Advertisement

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ महिनामा एक अर्ब २२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले २०७५ पुस मसान्त अवधीमा भन्दा ८ करोेड नाफा वृद्धि गरेको हो । सो अवधीमा बैंकले जम्मा एक अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

स्ट्याण्डर्ड चाटर्डले चालु आवको ६ महिनामा एक अर्ब ३ करोड रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको देखिन्छ । बैंकले सर्वसाधारणबाट ८० अर्ब निक्षेप संकलन गरेर ५४ अर्ब कर्जा लगानी गरेको देखिन्छ । बैंकले खुद ब्याज आम्दानी एक अर्ब ८३ करोड रुपैयाँ गरेको छ ।
बैंकको सिडी रेसियो ७८.५६ प्रतिशत पुगेको छ ।

८ अर्ब १ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ९ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.१७ प्रतिशत छ भने आधार ब्याजदर ७.३३ प्रतिशत छ । स्प्रेड दर ५.९३ प्रतिशत रहेको बैंकको कस्ट अफ फण्ड भने ४.७७ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी भने ३०.६३ रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement