सुनको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार गत सोमबार ७६ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपियाँले घटेर प्रतितोला ७५ हजार नौ सय रुपियाँ कायम भएको हो ।

त्यस्तै, आज महासंघले तेजाबी सुन प्रतितोला ७५ हजार छ सय रुपियाँ कायम गरेको छ । त्यसैगरी, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६५ हजार ७५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ८२० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८८० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५४ रुपियाँ ५० कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement