कोरोना भाइरस चिनियाँ अर्थतन्त्र सिध्याउन अमेरिकाले फालेको जैविक हतियार पनि हुनसक्छः कँडेल

Advertisement

काठमाडौं । पब्लिक इनोभेटरका रुपमा परिचित इन्जिनियर दिपेन्द्र कँडेलले चीनमा फैलिएको कोरोना भाइरसको महामारी भाइरसका कारण नभई चीनको अर्थतन्त्र कमजोर बनाउने र उसलाई तहसनहस पार्न अमेरिकाले पठाएको जैविक हतियार पनि हुनसक्ने आशंका गरेका छन् ।

कँडेलले अमेरिका अनुसन्धान र विकासमा निकै अघि रहेको मुलुक भएको र आफ्नो प्रभुत्व कायम राख्न उसले हरेक प्रयास गर्नसक्ने भन्दै कोरोना भाइरस जैविक हतियार नहोला भन्न नसकिने तर्क गरे । यद्यपि यो कुरा तत्कालै पुष्टि नभए पनि बर्षौंपछिको अनुसन्धानबाट पत्ता पनि लाग्नेसक्ने उनको भनाई छ ।

कँडेलले कोरोनाको महामारी भाइरसकै कारण भएको हो भने त्यसको उपचार नेपालका पहाडहरुमा रहेको जडिबुटीहरुबाट हुनसक्ने बताए । उनले नेपालमा रहेको बहुमूल्य जडिबुटीहरुमा हरेक रोगको निधान गर्नसक्ने क्षमता रहने भन्दै अमेरिकाले एमसीसीमार्फत पहाडका डाँडाहरुमा ट्रान्समिशन लाइनका टावरहरु गाड्ने इच्छा राख्नुको पछि पनि यिनै जडिबुटी र बहुमूल्य खनिजहरुको अध्ययन अनुसन्धान हुनसक्ने पनि बताए । तर जैविक हतियार हो भने जडिबुटीले काम नगर्ने उनले बताए ।

कँडेलले भने, ‘यो अमेरिकी डिजाइन हुनसक्छ । किनभने यहाँ असंभव भन्ने कुरा केही छैन् । जैविक हतियार हुनसक्ने आशंका बजारमा पनि सुरु भइसकेको छ ।’ कोरोना भाइरस पत्ता लगाउने डाक्टरको मृत्यु पनि रहस्यमय रहेको उनले बताए । कोरोना भाइरस बनाउनेसँग औषधि पनि हुने र उपचारको पनि सुत्र हुने भएकाले आफ्नो व्यापारको रणनीति पनि हुनसक्ने उनले तर्क छ । कोरोना भाइरस यदि कृतिम भए यसको उपचार पत्ता लगाउन चीनलाई बर्षौं लाग्नसक्ने कँडेलले बताए ।

Advertisement

Advertisement

Advertisement