नेपाल बैंकको एक्सटेन्सन काउन्टर मालपोत कार्यालय लहानमा

Advertisement

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकले मालपोत कार्यालय लहानमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । शुक्रबार बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीलेले संयुक्त रुपमा सेवाको औपचारिक शुभारम्भ गरेको बैंकका प्रवक्ता प्रकाश कुमार अधिकारीले जानकारी दिए ।

एक्सटेन्स काउन्टरको सेवा शुभारम्भ गर्दै कामु सहायक प्रमुख कार्यकारी अधिृकत खड्काले ग्राहकहरूको सुविधाका लागि नेपाल बैंकले काम गरिरहेको र मालपोत कार्यालयको एक्सटेन्स त्यस्तै एउटा उदाहरण रहेको बताए । खड्काले प्रतिस्पर्धी बैंकको रूपमा ग्राहकलाइ सेवा दिइरहेको बताउँदै आगामी दिनमा अझ उच्चस्तरको सेवा र सुविधा दिँदै जाने बताए । उनले बैंकको काउन्टरले मालपोत कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाइ राहत मिल्ने विश्वास व्यक्त गरे ।

शुभारम्भ कार्यक्रममा मालपोत प्रमुख चौधरीले सेवाग्राहीको हित हुने गरी काउन्टर खोलिदिएको भन्दै बैंकको व्यवस्थापनलाई धन्यवाद दिए । सो अवसरमा नेपाल बैंकका प्रदेश नम्बर २ का प्रमुख प्रतिभा डंगोलले बैंकले अघि सारेका विभिन्न योजनाका बारेमा जानकारी गराएकी थिइन ।

एक्सटेन्स काउन्टरको शुभारम्भमा आन्तरिक राजश्व कार्यालय लहानका कर अधिकृत बलारामत दाहाल सशस्त्र प्रहरीका डिएसपी अर्जुन सापकोटा, बैंकको लाहान शाखाको शाखा प्रबन्धक सुरेन्द्र प्रसाद यादव लगायत सहभागी रहेका थिए ।

Advertisement

Advertisement

Advertisement