स्वरोजगार लघुवित्तले जनकपुरलाई प्राप्ति गर्ने, प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर

Advertisement

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ति(एक्वीजिशन) गर्ने भएको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको स्वरोजगारले धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा केन्द्रीय कार्यालय रहेको जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने प्रारम्भिक समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको हो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने(मर्जर) तथा प्राप्ति(एक्वीजिशन) सम्बन्धी बिनियमावली २०७३ बमोजिम प्राप्ति(एक्वीजिशन) गर्ने समझदारी भएको स्वारोजगारका कम्पनी सचिव मनोजकृष्ण उप्रेतीले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement