गोरखाको पुस्तकालय पुनर्निर्माणका लागि मनकामना दर्शन प्रालिले गर्यो १० लाख सहयोग

Advertisement

काठमाडौँ । गोरखा नगरपालिका वडा नं. ६ स्थित तीनधारेमा पुननिर्माण भैरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रालिले १० लाख रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेसबाबु श्रेष्ठले स्वर्गीय बुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयका लागि सहयोग गरेका हुन् ।

त्रिभुवन पुस्तकालय २००८ सालमा लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा जिल्लामा नै पहिलो पटक स्थापना भएको पुस्तकालय हो । पुस्तकालयको भवन संरक्षणविहीन रहेकै अवस्थामा गोरखा भूकम्पले थप क्षति पुगेको थियो ।

भूकम्पपछि स्थानीय वासिन्दा र गोरखा नगरपालिकाको पहलमा अहिले पुरानो भवन भत्काएर सोही ठाउँमा नयाँ भवन निर्माण कार्य भैरहेको छ । भवन दुई तलाको ढलान सम्पन्न भैसकेको छ ।

गोरखामा जन्मिएर राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्मणबाबु श्रेष्ठको नाममा भवनको भुईँतलाको हलको नामाकरण गर्ने निर्णय भएको पुस्तकालय पुनर्निर्माण समितिले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement