गुराँस लाइफको नाफा ७९ प्रतिशतले बढ्यो, सुधारको बाटोमा निरन्तर

,   २९ माघ २०७६, बुधबार, ०१:२८ pm   

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नाफा ७९.७० प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आफ्नो नाफा ७ करोड ३५ लाख रुपैयाँले पुगेको हो ।

२०७५ पुस मसान्त अवधीमा कम्पनीको नाफा जम्मा ४ करोड ९ लाख रुपैयाँ मात्रै थियो । कम्पनीले पुस मसान्त अवधीमा ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ ।

कम्पनीमा हालसम्म ८ अर्ब ७७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीमा एक लाख ९९ हजार २ सय ५७ वटा बीमालेख जारी भएको छ । ९३ करोेड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ३४ करोड रुपैयाँ छ भने जीवन बीमा कोषमा ६ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

aecc

कम्पनीको प्रति सेयर आम्दानी १५.६७ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १४१.६१ रुपैयाँ रहेको छ ।