नेशनल लाइफको एग्रेशिभ ग्रोथः ३७.८१ % नाफा बढ्दा बीमीत नाघे ८ लाख

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ३७.८१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा आफ्नो नाफा २३ करोड ५८ लाख रुपैयाँ पुर्याएको हो । २०७५ पुस मसान्त अवधीमा कम्पनीको नाफा जम्मा १७ करोड ११ लाख रुपैयाँ मात्रै थियो ।

३ अर्ब ८ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ६९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोषमा ३० अर्ब १५ करोड रुपैयाँ छ भने महाविपत्ति कोषमा २४ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले हालसम्म ८ लाख ४ हजार ५ सय ४० बीमालेख जारी गरिसकेको छ । कम्पनीले असोज मसान्तपछि मात्रै ५९ हजार ५ सय १४ वटा बीमालेख थपेको देखिन्छ । कम्पनीको प्रति सेयर आम्दानी १५.३० रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १२२.०४ रुपैयाँ रहेको छ ।

एक नम्बरको दौडमा रहेको कम्पनीले पछिल्लो समय नयाँ बीमा पोलिसी जारी गर्नेदेखि शाखा विस्तारमा पनि बिशेष ध्यान दिईरहेको छ ।

Advertisement

Advertisement

Advertisement